aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नक्कली पीडित खडा गरेर रकम असुल्दै म्यानपावर व्यवसायी

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, १५ असार २०७९
नक्कली पीडित खडा गरेर रकम असुल्दै म्यानपावर व्यवसायी

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ । खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले म्यानपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ ।

सक्कली पीडितको आर्थिक क्षतिपूर्तिको रक्षाका लागि नक्कली पीडितले धरौटी रकम शून्य बनाउने देखिएपछि यस सम्बन्धमा विभागले निगरानी बढाएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले म्यानपावर कम्पनीले कारोबार बन्द गरेको ३ वर्षसम्म राखेको धरौटी फिर्ता लैजान नपाउने कानुनी प्रावधान रहेका कारण ठुलो रकम लामो समयसम्म धरौटीका रूपमा रहँदा व्याजको प्रलोभनमा नक्कली पीडित खडा गरेर फिर्ता लैजान कानुनी छिद्र प्रयोग गरेको बताए । 
 

प्रतिक्रिया दिनुहोस