aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

वाग्मती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असार २०७९
वाग्मती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी शुरु

काठमाडौं  । वाग्मती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी भएको छ । हाल मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तीन दलिय गठबन्धनको सहमति अनुसार अब नेपाली काँग्रेसको मुख्यमन्त्री पाउने पालो भएकाले मुख्यमन्त्री नियुक्तीका लागि आवश्यक पर्ने हस्ताक्षर संकलन गर्ने कार्य भइरहेको काग्रेसका बागमति प्रदेशका प्रमुख सचेतक इन्द्रबहादुर बानियाले बताए ।

उनले भने, तीन दलिय सहमति अनुसार नै ६ महिनाको अवधि समाप्त भएकाले अब नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत समाजवादीबीचमा भएको सहमति कार्यान्वयन गराउनका लागि सहमतिमा नै हस्ताक्षर संकलन भएको हो । 

नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले ६ महिना पद सम्हाल्ने र त्यसपछि कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व दिने सहमति गठबन्धनमा भएको थियो। गठबन्धनमा आधा कार्यकाल पाण्डे र आधा कार्यकाल कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।

पाण्डे गत कात्तिक ११ गते सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका थिए। आगामी आर्थिक वर्ष २०७९(८० को बजेट पास भएपछि कांग्रेसलाई सत्ता सुम्पिने लिखित सहमति गरेका उनले पछिल्लो समय सार्वजनिक रुपमै सरकार परिवर्तन नहुने बताउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस