aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असार २०७९
मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने

जनकपुर । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि असार २० गतेदेखि छलफल हुने भएको छ । मधेस प्रदेशसभाको बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । गत असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । त्यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस