
काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ६ सय २० जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नेपालमा अहिलेसम्म ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
असार १ गतेको तथ्यांकलाई हेर्ने हो भने लगभग तेब्बरको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । असार १ गते ३ हजार ९ सय ५ जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमितको संख्या मात्रै होइन् पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको संख्यामा पनि बढेको छ । असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको संख्या असार १५ गतेसम्म आइपुग्दा बढेर २ सय ६१ पुगेको छ ।
कोरोना संक्रमितको संख्या मात्रै होइन् पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको संख्यामा पनि बढेको छ । असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको संख्या असार १५ गतेसम्म आइपुग्दा बढेर २ सय ६१ पुगेको छ ।
शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन कोरोना संक्रमण बढ्दै जानुको कारणहरुमा स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन छोड्नु र छिमेकी मुलुकमा संक्रमण बढनु रहेको बताउँछन् । पछिल्लो समय नेपालमा कोरोनाको कुन भेरियन्टको संक्रमण देखिएको भन्ने थाहा नहुँदा संक्रमण दर कस्तो अवस्थामा बढ्ला भन्न नसकिने उनको भनाई छ ।
त्यसैले नेपालमा ओमिक्रोनको भेरियन्टले संक्रमण बढेको हो वा अन्य भेरियन्टले गर्दा संक्रमण दर बढेको हो त्यो खोजी गर्न आवश्यक रहेको उनको भनाई छ । तर, कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरलाई हेर्ने हो भने चौथौं लहरले भयावह अवस्था नल्याउने डा।पुनको आंकलन छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले नेपालमा अन्तर्राष्ट्रिय नाकाबाट नेपाल आउने व्यक्तिहरुमा बढी कोरोना संक्रमण देखिएको बताएकी छिन् । उनले अहिले ओमिक्रोन भेरियन्टको नयाँ सब लिनियज देखिएको र यो अन्य भन्दा अलि बढी संक्रामक हुने हुँदा संक्रमण बढेको बताएकी छिन् ।
पीसीआर विधिबाट ५७ लाख ५६ हजार ५ सय ६६ कोरोना परीक्षण गर्दा ९ लाख ७९ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ भने ऐन्टिजेन विधिबाट १२ लाख २७ हजार ३ सय ४७ कोरोना परीक्षण गर्दा १ लाख ४० हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म ९ लाख ६७ हजार ४ सय ४५ जना कोरोना संक्रमणबाट निको भइसकेका छन् ।
पीसीआर विधिबाट ५७ लाख ५६ हजार ५ सय ६६ कोरोना परीक्षण गर्दा ९ लाख ७९ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ भने ऐन्टिजेन विधिबाट १२ लाख २७ हजार ३ सय ४७ कोरोना परीक्षण गर्दा १ लाख ४० हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएदेखि बुधबारसम्म १ करोड ९६ लाख ४६ लाख ७ सय ४७ पहिलो मात्रा खोप लगाइएको छ भने २ करोड २ लाख ८८ हजार १ सय २७ पूर्ण मात्रा खोप लगाइसकिएको छ। त्यस्तै ६२ लाख ६३ हजार ५ सय २८ अतिरिक्त मात्रा खोप लगाइसकिएको छ ।
यसरी संक्रमण बढ्दै जानुले नेपालमा कारोनाको चौंथो लहर आउन लागेको भन्न नसकिने स्वास्थ्य विज्ञहरु बताउँछन् । त्यसका लागि केही हप्ताको संक्रमणदर र जिन सिक्वेन्सिङ हेनुपर्ने उनीहरुको भनाई छ ।
यसरी संक्रमण बढ्दै जानुले नेपालमा कारोनाको चौंथो लहर आउन लागेको भन्न नसकिने स्वास्थ्य विज्ञहरु बताउँछन् । त्यसका लागि केही हप्ताको संक्रमणदर र जिन सिक्वेन्सिङ हेनुपर्ने उनीहरुको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारी नेपालमा अहिलेको संक्रमणले चौंथो लहर आउन लागेको नर्कान नसक्ने र आउने सुनिश्चितता नै गर्न नसकिने बताउँछन् । छिमेकी देश भारतमा कोरोना संक्रमण बढेको कारण त्यसको प्रभाव नेपालमा नी परेको उनको भनाई छ । संक्रमणदर बढेसँगै कोरोनाविरुद्वको खोप लगाउने साथै स्वास्थ्य मापदण्डहरुमा ध्यान दिनुपर्ने अधिकारी बताउँछन् । तर,कोरोना संक्रमणको बारेमा जनचेतनाका कुराहरु धेरै भइसकेको हुँदा अबको लहरमा त्यति धेरै समस्या नहुँने उनको बुझाई छ।
यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले नियमित रुपमा जिन सिक्वेन्सिङ गरिरहेको र अहिले बढेको संक्रमणको अवस्था हेरिरहेको बताएको छ । प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले सातै प्रदेशबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गरीरहेको र अबको एक हप्ता पछि मात्र त्यसको नतिजा थाहाँ पाउने बताउँछन् । गुप्ता भन्छन्, ‘जिन सिक्वेन्सिङको प्रक्रिया हुन्छ,त्यसको नतिजा आउन एक हप्ता लाग्छ । त्यसपछि मात्र के हो भन्ने कुरा थाहाँ हुन्छ ।’
वीर अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठ अस्पतालमा अहिले कोरोना बिरामीको संख्या शून्य रहेको बताउँछन् । श्रेष्ठ भन्छन्, ‘देशभर संक्रमणको संख्या बढेपनि अस्पतालमा आउने बिरामीको संख्या भने शून्य छ । कोरोनाको लक्षण भएका बिरामीहरु अस्पतालमा आउनुभएको छैन् । देखिएका केहि व्यक्तिहरु पनि होम आइसोलेसनमा बस्नुभएको छ ।’
छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा १८, ८१९ जनामा संक्रमण देखिएको थियो । यो फेब्रुअरी १९ पछिको सबैभन्दा धेरै संख्या हो । १९ फेब्रुअरीमा १९,९६८ नयाँ संक्रमित भेटिएका थिए ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए । डब्ल्यूएचओले महामारीको खतरा कम रहेको तर अहिले नै समाप्त भइनसकेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस