aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राष्ट्रियसभा बैठकबाट बजेट सम्बन्धी तीन विधेयक पारित गर्न तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असार २०७९
राष्ट्रियसभा बैठकबाट बजेट सम्बन्धी तीन विधेयक पारित गर्न तयारी

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा बैठकबाट बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित गर्ने तयारी भएको छ । शुक्रार बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पेश गर्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको हो । 

मन्त्री शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक २०७९ छलफल र पारितका लागि पेश गर्नेछन्।

शुक्रबारकै बैठकमा स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित केही विधेयक पनि पारित गर्ने कार्यसूची छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७९ मा दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

बैठकमा रेल्वे विधेयक २०७९ पनि पेश हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयकमाथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस