काठमाडौं । चुनावमा स्वतन्त्र उम्मेदवार बन्नका लागि नयाँ मापदण्ड तय गरिएको छ । आगामी निर्वाचनमा उम्मेदवार बन्नका स्वतन्त्र उम्मेदवारलाई राजधनीमा भएको एक समूहले राष्ट्रिय विशेष भेलाले उम्मेदवारको मापदण्ड तोकेका छन् । शनिवार ललितपुरमा आयोजित संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि विभिन्न ११ बुँदे नयाँ मापदण्ड बनाएको छ ।
अबको निर्वाचनमा ६८ वर्ष माथिको व्यक्ति स्वतन्त्र उम्मेदवार नपाउने, स्नातक तह सम्मको शिक्षा हुनुपर्ने, चुनावमा उम्मेदवार बनेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका छन ।
पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने, भष्टाचारको अभियोग नलागेको, विदेशी पिआर वा ग्रिनकार्ड नलिएको हुनुपर्ने, स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले जारी गरेको विज्ञप्तिमा यस्तो बताएको छ ।
प्रतिक्रिया दिनुहोस