
बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ ।
तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादनमा कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्श छ । बजेट भाषणपछि करका दर बढेसँगै बजार मूल्य बढ्न गएको सरकारी अधिकारी बताउँछन् ।
पछिल्लो समय बजारमा हरियो तरकारीको मूल्य अत्याधिक बढेको छ । तरकारीमा विषादी परीक्षणसँगै आयातमा कमी आएको, बाढीपहिरोका कारण आपूर्तिमा समस्या भएर बजारमा अधिकांश तरकारीको मूल्य उच्च विन्दुमा पुगेको सरकारी अध्ययनले देखाएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस