aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मध्यरातमा बजेट महाशाखामा प्रवेश गर्ने घिमिरे चौधरी ग्रुपका कर्मचारी !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असार २०७९
मध्यरातमा बजेट महाशाखामा प्रवेश गर्ने घिमिरे चौधरी ग्रुपका कर्मचारी !

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर करिब ७५० बस्तुको कर परिवर्तन गर्ने व्यक्ति  रघुनाथ घिमिरे चौधरी ग्रुपका कर्मचारी भएको खुलेको छ । २०७५ फागुन १ गते जागीर छोडेका घिमिरे सोहि वर्ष चौधरी ग्रुपको सानेपामा नियुक्ती पाएको सानेपा स्रोतले बताएको छ । 

घिमिरेले २०७५  राजस्व अनुसन्धान विभागमा दिर्घराज मैनाली महानिर्देशक भएका बेलामा घिमिरे सहित करिब आधा दर्जन कर्मचारीले छोडेका थिए । उनको जागीरमा करिब १० वर्ष बाँकी छँदा नायव सुब्बा पदाबाट राजीना दिएर मोटो रकममा चौधरी ग्रुपमा जागीर खान गएका थिए । 

कर्मचारीहरुको अभिलेख राख्ने किताबखानाको अभिलेख अनुसार अर्घाखाँची भूमिस्थान नगरपालिकाका बासिन्दा घिमिरे २०५३ जेठ ८ गते नुवाकोट जिल्ला विकास समितिअन्तर्गत गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी)का रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए । उनी उत्कालिन नेपाली काँग्रेसका नेता ढुण्डीराज शास्त्री निकट मानिन्थे । गाविस सचिवबाट गैरकानुनी रुपमा अर्थमन्त्रालय अन्गतरगत राजस्व सेवामा प्रवेश गरेका घिमिरे त्यसपछि सधै मालदार कार्यालयहरुमा मात्रै रहे । 

उनी राजस्व अन्तरगतको कर्मचारी भएपछि धेरै समय ठूला करदाता कार्यालयमा बसेका थिए । सोहि स्थानमा बस्दा उनले ठूला व्यापारीसँग सम्बन्ध विस्तार गरेर सरकारी ढुकुटी समेत नोक्सान पुर्याएको स्रोतको भनाइ छ । स्रोतका अनुसार घिमिरेका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत रहेको बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस