aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अमेरिकाद्वारा भारतको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनको आलोचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असार २०७९
अमेरिकाद्वारा भारतको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनको आलोचना

नयाँ दिल्ली । भारतले संयुक्त राज्य अमेरिकाको अन्तरारष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा धार्मिक स्वतन्त्रताका विषयमा गरेको पक्षपाती र गलत टिप्पणी आलोचना गरेको छ । 

भारतको विदेश मन्त्रालयका अनुसार उक्त आयोगको टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा  एवं बहुलताको विषयको बुझाइमा कमी रहेको टिप्पणी गरेको छ ।  

'हामीले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता (युएससीआईआरएफ) सम्बन्धी अमेरिकी आयोगले भारतको पक्षपाती र गलत टिप्पणीहरू उल्लेख गरेको देखेका छौं, ‘भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शनिबार साँझ एक मिडिया प्रश्नको जवाफमा  सो कुरा भनेका छन् ।’

यी टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा, यसको बहुलता र यसको लोकतान्त्रिक नैतिकताको गम्भीर कमीलाई प्रतिबिम्बित गर्दछ।ू शनिबार युएससीआईआरएफले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्ना आयुक्त डेभिड करीलाई उद्धृत गर्दै आयोग भारत सरकारको आलोचनात्मक आवाजहरू ( विशेष गरी धार्मिक अल्पसंख्यकहरू र उनीहरूका लागि वकालत गर्नेहरूको निरन्तर दमनप्रति चिन्तित छ। भनिएको छ । 

प्रवक्ता बागचीले  भनेका छन्, ‘दुस्खको कुरा आयोगले आफ्नो एजेन्डा अनुसार आफ्नो कथन र  प्रतिवेदनहरूमा बारम्बार तथ्यहरूलाई गलत ढङ्गले प्रस्तुत गरेको छ। त्यस्ता कार्यहरूले आयोगको विश्वसनीयता र उद्देश्यको बारेमा चिन्तित तुल्याएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस