aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन । परराष्ट्र मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले यस्तो जानकारी दिएकी हुन् ।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लम्सालले भने -'एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन। अब हामीलाई मन्त्रीपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । सबै कुरा राम्रोसँग अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकोले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौँ । उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट मन्त्रिपरिषद्को सो निर्णयलाई कार्यान्वयन गर्नेछौँ । अहिले पत्र गइसकेको अवस्था छैन । नेपाल समाचारपत्रबाट 

प्रतिक्रिया दिनुहोस