aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भारतमा पहिरोबाट ४८ जनाको मृत्यु, सबैभन्दा धेरै सेनाका जवान पुरिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ असार २०७९
भारतमा पहिरोबाट ४८ जनाको मृत्यु, सबैभन्दा धेरै सेनाका जवान पुरिए

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य मङ्गलबार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् ।

गत हप्ता नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो । यहाँ प्रमुख रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरैजसो कर्मचारी मृत्यु भएको थियो । राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक र अन्यका ४०० भन्दाबढी कर्मचारी उद्धारकार्यमा संलग्न रहेको अधिकारीले बताएका छन् । पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरुपमा अवरुद्ध भएको छ ।

उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मारिएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन् । पहिरो गएको आज छैटौँ दिन पनि खोजी तथा उद्धार जारी छ । रेलवे लाइन निर्माण स्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी पहिरोमा परेका थिए । राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन् ।

पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोका कारण खोलमा  बाँधजस्तै संरचना निर्माण भएको छ । थुनिएको पानीले निकास पाएपछि तल्लो तटीइ क्षेत्र डुबानमा पर्ने सम्भावना रहेको जनाउँदै स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरणका लागि तयार रहन निर्देशन दिएको छ । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पहिरोलाई राज्यको इतिहासकै सबैभन्दा भयावहपूर्ण घटना भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस