
काठमाडौँ । सर्वोच्च अदालतले एनसेलमाथि तत्काल पुँजीगत लाभकर नउठाउन ठुला करदाता कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
कार्यालयले निर्धारण गरेको कर कानूनसम्मत नभएको भन्दै एनसेलले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले कर निर्धारणका विषयमा दुबै पक्षलाई छलफलका लागि समेत बोलाउने आदेश गरेको छ ।
छलफल नहुँदासम्मका लागि कर निर्धारण प्रक्रिया यथास्थितीमा राख्न आदेश जारी गरेको हो । ठुला करदाता कार्यालयले निर्धारण गरेको ३९ अर्व ६ करोड रकम कानून विपरित भएको भन्दै एनसेलले १४ अर्व ३६ करोड मात्र वुझाउनु पर्ने दावी गर्दे गत सोमबार रिट दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस