aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अर्थमन्त्री शर्माले आज राजीनामा दिने सम्भावना !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असार २०७९
अर्थमन्त्री शर्माले आज राजीनामा दिने सम्भावना !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे अहिले सर्वत्र चर्चा छ । आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा करको दर हेरफेर हरेको विषयलाई लिइर सडकदेखि सदनसम्म अर्थमन्त्रीको ब्यापक विरोध भइरहेको छ । 

बजेटपटि संसदमा बोलेका अधिकांश नेताहरुले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएका छन् । त्यतिमात्र्र होइन सत्तारुढ दलका नेताहरुले समेत अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । मंगलबारसम्म राजीनामा नदिने अडान राखेका अर्थमन्त्री शर्माले आज बुधबार भने राजीनामा दिने सम्भावना रहेको स्रोतको भनाई छ । 

माओवादी उच्च स्रोतका अनुसार आज विहान बसेको स्थायी कमिटीको बैठकमा समेत अर्थमन्त्रीले राजीनामा दिनु पर्ने चर्चा चलेको थियो । ‘अर्थमन्त्रीको विषयलाई लिएर सदनमा समेत सत्तारुढ पक्षका सांसदहरुले नै विरोध गरेपछि पदबाट राजीनामा दिनु नै उत्तम हुन्छ भन्नेकुरा स्थायी कमिटी बैठकमा उठेको छ । सम्भवतः अर्थमन्त्रीले आज आफ्ना विचारहरु संसदमा राखेर राजीनामा दिन सक्छन्’, स्रोतले भन्यो । 

बजेट बनाउँदा एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको अर्थमन्त्रीलाई आरोप छ । त्यस्तै, बजेट आउनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज डिलिट भएको अर्थमन्त्रालयले भनेपछि अर्थमन्त्री शर्माविरुद्ध व्यापक विरोध भइरहेको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री शर्माल आफ्नो भनाई राख्ने भएका छन् । यता अर्थमन्त्रालमा सिसिटिभी फुटेज डिलेटसम्मको लापरवाही भएको भन्दै चर्को विवाद भएपछि अर्थ सचिव मधुकुमार मरासिनी समेत आज बिदामा बसेका छन् । 

चिप्लिँदै गएका अर्थमन्त्रीबाट हुनसक्ने 'ब्लन्डर'

प्रतिक्रिया दिनुहोस