काठमाडौं । अर्थमन्त्री बन्ने वित्तिकैदेखि विवादमा रहेका जनार्दन शर्माले व्यापारीको निर्देशनमा बजेटमा मार्फत करका दरमा गरेको घोटालाका विषयमा छानबिन गर्न संसदीय समिति बनाउने तयारी भएको छ । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने शर्त राखेको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानविनको माग गर्दै आएको थियो । सत्तारुढ दलहरु सुरुमा संसदीय समिति गठनका लागि तयार भएनन् ।
अर्थमन्त्री शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति बजेट निर्माण स्थलमा प्रवेश गराइएका आरोप छ भने उक्त व्यक्ति पहिचानका लागि मन्त्रालयको सीसीटीभी फुटेज माग गर्दा उक्त फुटेज उपलब्ध नगराइ पुटेज नै मेटाएको आरोप समेत शर्मालाई लागेको छ।
प्रतिक्रिया दिनुहोस