aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अर्थमन्त्रीको गैरजिम्मेवार जवाफ, अर्थ मन्त्रालय कसले चलाएको छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असार २०७९
अर्थमन्त्रीको गैरजिम्मेवार जवाफ, अर्थ मन्त्रालय कसले चलाएको छ ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे अहिले सर्वत्र चर्चा छ । आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा करको दर हेरफेर हरेको विषयलाई लिइर सडकदेखि सदनसम्म अर्थमन्त्रीको ब्यापक विरोध भइरहेको छ । 

बजेट बनाउँदा एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको अर्थमन्त्रीलाई आरोप छ । त्यस्तै, बजेट आउनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज डिलिट भएको अर्थमन्त्रालयले भनेपछि अर्थमन्त्री शर्माविरुद्ध व्यापक विरोध भइरहेको छ । होइन सत्तारुढ दलका नेताहरुले समेत अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । 

अर्थ मन्त्रालय सिसिटिभी फुटेज डिलिट भएकोबारे अर्थमन्त्री जनार्दन शर्माले गैर जिम्मेवार जवलाफ दिएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘सिसिटिभी कति वर्ष पुरानो हो म कसरी जान्दछु ? कुन मन्त्रीले आउने वित्तिकै सिसिटिभीको बारेमा जानकारी लिन्छ ?’ अर्थमन्त्री जस्तो पदमा रहेका व्यक्तिले यसरी गैरजिम्मेवार जवाफ दिँदा अर्थ मन्त्रालय कसले चलाएको छ ? प्रश्न उब्जिएको छ ।   

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा कुनै त्रुटि नभएको जिकिर गरे । ‘करिब साढे ११ बजे पुलचोक क्वाटरमा गएर सुतेको छु । भोलीपल्ट ६ बजे मात्रै म मन्त्रालय पुगेको थिए । करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई जना सचिव र दुई जना डीजीलाई नीतिगत निर्देशन गरेको छु । मबाट बजेट निर्माणको क्रममा कुनै त्रुटि भएको छैन’, उनले भने । 

स्यानीटर प्याडकोको विषयमा बोल्दै उनले विगतमा रातो कर अन्त्यकर भनेर महिलाको संवेदनशिल मागलाई सम्बोधन गरिरएको बताए । त्यस्तै, उनले कुन विशेष घरानालाई इंगित गरियो भन्नेबारे छानविन मार्फत स्पष्ट पार्न समेत उनले चुनौती दिए । ‘एउटा संसदिय छानविनको मात्रै होइन । म हजार छानविनका लागि तयार छु’, उनले चुनौती दिदै भने ।    


 

प्रतिक्रिया दिनुहोस