aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असार २०७९
अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले पदबाट राजिनामा दिएका हुन् ।  

बजेट बनाउँदा एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको अर्थमन्त्रीलाई आरोप छ । त्यस्तै, बजेट आउनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज डिलिट भएको अर्थमन्त्रालयले भनेपछि अर्थमन्त्री शर्माविरुद्ध व्यापक विरोध भइरहेको छ । करका दरहरू हेरफेर गर्न लगाएको विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति समेत गठन गरिएको छ ।  

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेट निर्माणको क्रममा कुनै त्रुटि नभएको जिकिर गरे । ‘बजेट निर्माणको अघिल्लो दिन करिब साढे ११ बजे पुलचोक क्वाटरमा गएर सुतेको छु । भोलीपल्ट ६ बजे मात्रै म मन्त्रालय पुगेको थिए । करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई जना सचिव र दुई जना डीजीलाई नीतिगत निर्देशन गरेको छु । मबाट बजेट निर्माणको क्रममा कुनै त्रुटि भएको छैन’, उनले भने ।  

त्यस्तै, उनले कुन विशेष घरानालाई इंगित गरियो भन्नेबारे छानविन मार्फत स्पष्ट पार्न समेत उनले चुनौती दिए । ‘छानबिनका लागि मार्गप्रशस्त गर्दै मैले पदबाट राजीनामा दिएको छु ।  छानविनका लागि एउटा संसदिय समिति मात्रै होइन । म हजार छानविनका लागि तयार छु’, उनले चुनौती दिदै भने ।     

अर्थमन्त्री शर्माले आज राजीनामा दिने सम्भावना !

चिप्लिँदै गएका अर्थमन्त्रीबाट हुनसक्ने ब्लन्डर 

प्रतिक्रिया दिनुहोस