
काठमाडौं । चन्द्रागिरी डाँडामा केबलकार बिग्रिएपछि सयौं यात्रु अलपत्र परेका छन् । बुधबार दिउँसो करिब २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिसअलपत्र परेका हुन् ।
टावरमा समस्या आएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको परिवार र अन्य २८ जना पनि बीचमै अलपत्र परेका थिए । आधा घन्टामा उनीहरुलाई प्रहरीले उद्धार गरेको थियो ।
साँझसम्म केबलकार सञ्चालनमा आउन नसकेपछि नेपाल प्रहरीले अलपत्र यात्रुहरूलाई गाडीमार्फत उद्धार गरिरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
उद्धारका लागि प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी पुरुषोत्तम पाण्डे, थानकोट प्रहरीका प्रहरी निरीक्षक लीला आचार्यलगायत ४० जना प्रहरीको टोली चन्द्रागिरी डाँडामा मात्रै खिटएको छ भने मेडिकल टिम, प्रहरी, ट्राफिक र सशस्त्र प्रहरी बलको टोली पनि त्यहाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस