
एजेन्सी । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि अब मैदाको निर्यातमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारले बिहीबार गहुँको पिठो र अन्य उत्पादनको निर्यातमा प्रतिबन्ध लगाउने ढाँचा स्वीकृत गरेको हो । यसअघि जेठमा सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो ।
गहुँको पिठो निकासीमा लगाइएको प्रतिबन्ध आगामी जुलाई १२ तारिकदेखि लागू हुनेछ । यसपछि निर्यातकर्ताले पिठो निकासीका लागि अन्तरमन्त्रालयीय समितिबाट स्वीकृति लिनुपर्नेछ ।
अब पिठो बाहेक मैदा, समोलिना (रवा र सिर्गी), सम्पूर्ण आटा र नतिजा आटा निकासी गर्न अन्तर(मन्त्रालयीय समितिबाट स्वीकृति आवश्यक हुनेछ। अब समितिको स्वीकृति पाएपछि मात्रै यी उत्पादन भारतबाट निकासी गर्न सकिनेछ । गहुँको पिठोको गुणस्तरका लागि आवश्यक व्यवस्था गर्न छुट्टै सूचना जारी गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस