aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

३ लाख ‘घुस’सहित वन अधिकृत पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
३ लाख ‘घुस’सहित वन अधिकृत पक्राउ

डडेल्धुरा । डोटीकाे बिपीनगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसी ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित पक्राउ परेका छन् । विभिन्न काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट लिएको ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित सहायक वन अधिकृत डिसी पक्राउ परेका हुन् ।

डिसीलाई ‘घुस’ रकम लिइसकेको अवस्थामा आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भातकाँडाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार टोलीले सहायक वन अधिकृत डिसीबाट रकम बरामद गरे पनि उक्त रकम घुसको रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन् ।

‘यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसी जीलाई फसाउन कसैले आरोप लगाएको हो, म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो,’ मल्लले रासससँग भनेका छन् ।

यद्धपि मल्लले कुन काम विशेष र के का लागि त्यो रकम बोकेका हुन भन्ने विषय खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घुससहित पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस