aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जापानमा पूर्व प्रधानमन्त्रीमाथि नै गोली प्रहार, भाषण दिदा दिदै ढले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
जापानमा पूर्व प्रधानमन्त्रीमाथि नै गोली प्रहार, भाषण दिदा दिदै ढले

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गाली प्रहार भएको समाचार प्राप्त भएको छ । पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा उनीमाथि गोली प्रहार भएको हो । 

भाषण दिने क्रममा उनी ढलेपछि अस्पताल लगिएको रोयटर्सले जनाएको छ । प्राप्त जानकारी अनुसार आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको थियो । आबे ढल्नासाथ उनको शरीरबाट रगत बगिरहेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस