aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गोली लागेर ढलेका जापानका पूर्व प्रधानमन्त्रीको अवस्था गम्भीर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
गोली लागेर ढलेका जापानका पूर्व प्रधानमन्त्रीको अवस्था गम्भीर
तस्बिरः रोयटर्स

एजेन्सी । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ । नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको थियो । 

भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो। गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो। उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।  

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।

प्रतिक्रिया दिनुहोस