aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

जुवातास खेलिरहेका २९ जना जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
जुवातास खेलिरहेका २९ जना जुवाडे पक्राउ

काठमाडौं । विभिन्न स्थानमा जुवातार खेलिरहेको अवस्थामा २९ जुवाडे पक्राउ परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेस्थित ४५ वर्षीय हरि बहादुर रानाभाटको शुभकामना होटलमा तास खेलिरहेका सूर्यविनायक बस्ने रामेछाप घर भएका ५५ वर्षीय ज्ञान बहादुर लामा लगायत ४ जनालाई नगद ३० हजार ६ सय ४० रुपैयाँ र ६ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  

यसैगरि ।२७ साउन कास्की, पोखरा महानगरपालिका(३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २७ वर्षीय विकाश थापा लगायत ११ जनालाई नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी जनताको चौतारा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यसैगरी कास्की, पोखरा महानगरपालिका(१६ स्थित दुर्गा घलेको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५० वर्षीय   गंगा प्रसाद गुरुङ सहित ८ जनालाई नगद २६ हजार १ सय ८५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

साथै कास्की, पोखरा महानगरपालिका-१० रामघाटस्थित ४३ वर्षीया उर्मिला लामिछानेको पर्वत होटलभित्र जुवातास खेलिरहेका लामिछाने लगायत ६ जनालाई नगद ३६ हजार ३ सय ३० रुपैयाँ र ३ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस