aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अनुभव नभएकी न्यायाधीश रेणुका साह बर्खास्त

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, २५ असार २०७९
अनुभव नभएकी न्यायाधीश रेणुका साह बर्खास्त

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासमा कार्यरत न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न कायम मुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार बसेको न्यायपरिषद्को बैठकले साहलाई बर्खास्तीका लागि सिफारिस गरेको हो । साह पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । २०७५ सालमा न्यायाधीश नियुक्त भएकी साहविरुद्ध कानुन व्यवसायमा कुनै अनुभव नभएको भन्ने आरोपमा उजुरी परेको थियो ।

उजुरी छानबिन गर्दा उनीसँग हुनुपर्ने आधारभूत योग्यतासमेत नभेटिएपछि परिषद्ले बर्खास्तको सिफारिस गरेको न्यायपरिषद्का प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीमा कार्यरत रहेकी उनीसँग न्यायाधीशका लागि चाहिने योग्यता नै नपुगेको भेटिएको न्यायपरिषद्ले जनाएको छ ।

१९ चैत २०७५ मा न्यायपरिषद्ले उच्च अदालतमा १८ र सर्वोच्चमा ५ गरी २३ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । सोहीअनुसार साह पनि नियुक्त भएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस