aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गौतम अडानी समूह टेलिकम क्षेत्रमा प्रवेश गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ असार २०७९
गौतम अडानी समूह टेलिकम क्षेत्रमा प्रवेश गर्ने तयारी

एजेन्सी । गौतम अडानी समूह अब टेलिकम क्षेत्रमा प्रवेश गर्ने तयारीमा छ । अदानी समूहले यस महिनाको अन्त्यमा हुने ५जी स्पेक्ट्रम लिलामीमा भाग लिनलाई आवेदन दिएको छ। फाइभजी स्पेक्ट्रमको लिलामीमा सहभागी हुन चाहने सबै कम्पनीले जुन ८ गतेसम्ममा दूरसञ्चार विभागमा निवेदन दिनुपर्ने थियो । तीन विद्यमान टेलिकम रिलायन्स जियो । भारती एयरटेल र भोडाफोन आइडिया बाहेक, अदानी समूहले पनि ५ जी स्पेक्ट्रमको लिलामीमा भाग लिनेछ।

फाइभजी स्पेक्ट्रमको लिलामी जुलाई २६ मा हुने भएको छ । सरकारले ६०० मेगाहर्ज, ७०० मेगाहर्ज र ३३०० मेगाहर्ज लगायतका विभिन्न ब्याण्डमा ५जी एयरवेभ बिक्रीका लागि राखेको छ । ५ जी बाहेक, एयरवेभहरू 26 GHz, 800 MHz, 900 MHz, 1800 MHz, 2100 MHz, 2300 MHz र 2500 MHzमा बिक्रीमा राखिएको छ। बोलपत्रदाताको अन्तिम सूची सरकारले जुलाई २० गते सार्वजनिक गर्नेछ ।

सरकारको आदेशअनुसार स्पेक्ट्रम खरिद गर्ने कम्पनीले ६ महिनादेखि १ वर्षभित्र सेवा सुरु गर्नुपर्नेछ । धेरै टेलिकम अपरेटरहरूले आफ्नो तयारी पूरा गरिसकेका छन्, त्यसैले तिनीहरूले स्पेक्ट्रम खरिद गरेको ३ देखि ६ महिना भित्र सेवा सुरु गर्न सक्छन्। यस्तो अवस्थामा यो वर्षको अन्त्यसम्ममा फाइभजी सेवा पाउने सम्भावना छ ।

५ जी इन्टरनेट सेवाको परिचयसँगै भारतमा धेरै परिवर्तन हुन लागेको छ। यसले जनताको काममा सहजता मात्र नभई मनोरञ्जन र सञ्चारको क्षेत्रमा पनि धेरै परिवर्तन ल्याउनेछ । ५जीका लागि काम गर्ने कम्पनी एरिक्सनले ५ वर्षमा भारतमा ५० करोडभन्दा बढी फाइभजी इन्टरनेट प्रयोगकर्ता हुने विश्वास लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस