काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा एक दिन अगाडी आज पदाधिकारी बैठक बस्दैछ । भोली बस्न लागेको केन्द्रीय कार्यसमितिको लागि एजेण्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो । पदाधिकारी बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको छ ।
कांग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।
प्रतिक्रिया दिनुहोस