aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अबदेखि तोकिएको स्थानमा मात्र डिजिटल होर्डिङ बोर्ड राख्न पाइने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २७ असार २०७९
अबदेखि तोकिएको स्थानमा मात्र डिजिटल होर्डिङ बोर्ड राख्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ । व्यवसायीले वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो गर्न लागेको हो ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको छ । हाल महानगरपालिकासँग अनुमति लिएर राखिएका विज्ञापन सामग्रीलाई समेत आवश्यकताअनुसार स्थानान्तरण गरिनेछ । 

महानगरपालिकाको राजस्व विभागले यसअघि नै डिजिटल बोर्डको माaपदण्ड निर्धारण तथा स्थान चयनको विषयमा नीतिगत व्यवस्था गर्नुपर्ने प्रस्ताव विधायन समितिमा गरेको थियो । कामपा राजस्व विभागका प्रमुख डा. शिव अधिकारीले नीति तथा कार्यक्रममै यो विषय उल्लेख भएपछि कार्यान्वयन प्रक्रियाअघि बढेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस