
एजेन्सी । भातरको सर्वोच्च अदालतले सोमबार मदिराका बादशाह भनेर चिनिने विजय माल्यालाई अवहेलना मुद्दामा चार महिनाको जेल सजाय सुनाएको छ । २० हजार जरिवाना समेत गरेको छ । जरिवाना नतिरे दुई महिना कैद सजाय हुने पनि अदालतले जनाएको छ । ९ मे २०१७ मा, सर्वोच्च अदालतले माल्यालाई अवहेलनाको दोषी पाए। माल्याले सम्पत्तिको सही विवरण दिएनन्।
अदालतले उनलाई हाजिर हुन अन्तिम मौका दिएपछि मुद्दा अगाडि बढाउन सक्छ। माल्याको किंगफिसर एयरलाइन्ससँग जोडिएको ९,००० करोडभन्दा बढीको बैंक ऋण तिर्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस