aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हङकङको एयरपोर्ट प्रदर्शनकारीको कब्जामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
हङकङको एयरपोर्ट प्रदर्शनकारीको कब्जामा

एजेन्सीहरु ।  प्रदर्शनकारीहरुले हङकङको अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएका छन् ।  सोमबार दिउँसो आगमन र प्रस्थानतर्फका टर्मिनल हजारौं प्रदर्शनकारीले भरिएपछि विमानस्थलबाट हुने सबै उडान बन्द भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
 प्रहरीले एक प्रदर्शनकारी महिलालाई कुटपिट गरेको विरोधमा विमानस्थल प्रवेश गरेका हुन् । उनीहरुले आफ्नो आन्दोलनका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन विभिन्न भाषामा पर्चासमेत वितरण गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस