
एजेन्सी । मुकेश अम्बानीको रिलायन्समा साउदीबाट ७५ अर्व डलर लगानी आउने भएको छ । सोमबार रिलायन्स इन्डस्ट्रीको ४२ औं साधारण सभामा उनले यो जानकारी गराएका हुन् । अब साउदी अरवको चर्चित कम्पनि आरामकोले आयल-टु-केमिकलको २० प्रतिशत शेयर खरिद गर्न यो रकम तिर्न लागेको हो ।
यो रिलायन्सको इतिहासमा नै यो सबैभन्दा ठुलो बिदेशी लगानी हो । बीबीसीले जनाए अनुसार सम्भवत यो भारतीय कम्पनीमा भित्रिएको सबैभन्दा ठुलो बिदेशी लगानी हो ।
सरकारलाई पाँच लाख करोड भन्दा बढी राजश्व बुझाउने यो कम्पनिको भारतको जामनगरमा संसार कै सबैभन्दा ठुलो रिफाइनिंग कम्प्लेक्स छ । यसले प्रती दिन १४ लाख ब्यारेल भन्दा बढी तेल उत्पादन गर्छ । मुकेशले कम्पनीका सेयर होल्डरलाइ जानकारी गराए अनुसार आरामकोले प्रेतिदीन ५ लाख ब्यारेल तेल अब रिलायन्सको जामनगर प्रसोधन केन्द्रमा पठाउने छ ।
भारतमा लगानी गर्न तम्सीएको आरामकोको कम्पनीको आय हालसम्म रहस्यको बिषय बनेको थियो । त्यहाँको सरकारले यो कुरालाई संधै लुकाउँदै आएको थियो । तर, गएको अप्रिल महिनामा यो रहस्य तोड्दै आरामकोले एक वर्षमा १११.१ अर्व डलर आर्जन गरेको जानकारी गराएको थियो । यो आम्दानी कुनैपनि कम्पनीले आर्जन गरेको सबैभन्दा ठुलो मुनाफा भएको अनुमान छ ।
सन् २०१८ मा एप्पलले ५९.५ अर्व डलर आर्जन गरेको थियो ।अन्य तेल उत्पादक कम्पनीहरु रोयल डच शेल र एक्सोन मोबिल समेत नाफा आर्जनको यो दौडमा धेरै पछि छन् । यो लगानी संगै साउदी अरव अब पेट्रोलियम पदार्थ अर्थात् तेलमा आश्रित आफ्नो अर्थव्यवस्थामा बिबिधता ल्याउन चाहन्छ ।
प्रतिक्रिया दिनुहोस