aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने

काठमाडौं । सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गरेका हुन् । त्यसका लागि आवश्यक डिजाईनको काम सुरु भईसकेको मन्त्री महासेठको भनाई छ ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालू आर्थिक वर्ष भित्र काठमाडौंको सडकमा स्मार्ट लाईट व्यवस्थापन गर्ने योजना पनि अघि सारे । उनले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको पनि बताए ।

मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्ष भित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दावी पनि गरे । उनले मुलुकमा रेल सेवा सञ्चालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस