
एजेन्सी । ट्रेड सेटलमेन्टको मुद्राको रुपमा रुपैया निर्णय गरेको छ । बदलिँदो विश्वव्यापी घटनाक्रमका कारण भारतको व्यापार घाटा नियन्त्रण गर्न कठिन बन्दै गएको छ । यसै कारण रिजर्भ बैंकले यस्तो कदम चाल्ने घोषणा गरेको हो, जसको माग धेरै अर्थशास्त्रीहरूले लामो समयदेखि गर्दै आएका थिए । अन्ततः केन्द्रीय बैंकले अब अन्तर्राष्ट्रिय पनि रुपैयाँमा हुने निर्णय गरेको छ । रिजर्भ बैंकको यो कदमले एकतर्फ भारतको डलरमाथिको निर्भरता कम हुने विज्ञहरुको भनाइ छ भने अर्कोतर्फ व्यापार घाटा घटाउन पनि यसले सहयोगी साबित हुनसक्छ ।
रिजर्भ बैंकले सोमबार साँझ परिपत्र जारी गरेको हो । अब रुपैयामा बीजक बनाउने, भुक्तानी गर्ने र आयात–निर्यातको व्यवस्था मिलाउन थप व्यवस्था मिलाइएको बताइएको छ । रिजर्भ बैंकको यो कदमले ट्रेड सेटलमेन्टको मुद्राको रुपमा रुपैयालाई बढावा दिने बताईएको छ । अन्तर्राष्ट्रिय व्यापार सम्झौताका लागि रुपैयाँको प्रयोग लामो समयदेखि चर्चामा छ ।
तर, हरेक पटक आयात–निर्यातका लागि रुपैयालाई कति स्वीकार गर्ने भन्ने कुरा यहीँ अड्किन्थ्यो । तर, रुस र युक्रेनबीच महिनौंदेखि चलिरहेको लडाइँ र चालु खाता घाटालाई लिएर रिजर्भ बैंकले यो निर्णय घोषणा गर्दै विश्वव्यापी व्यापारलाई प्रवर्द्धन गर्ने र भारतीय रुपैयाँमा बढ्दो विश्वव्यापी व्यापारिक समुदायको यो व्यवस्था लागू गर्ने बताएको छ । बजारमा ल्याउनु अघि रिजर्व बैंकको विदेशी विनिमय विभागबाट पूर्व अनुमति लिनु आवश्यक छ। यस व्यवस्था अन्तर्गत दुई देशको मुद्राको विनिमय दर बजारमा भर पर्न सक्नेछ ।
यो व्यवस्था अन्तर्गत आयात गर्ने भारतीय आयातकर्ताले रुपैयाँमा तिर्नुपर्नेछ । रु।मा प्राप्त भएको भुक्तानी साझेदार राष्ट्रको सम्बन्धित बैंकको विशेष भोस्ट्रो खातामा जम्मा गरिनेछ। साथै यो व्यवस्था अपनाउने भारतीय निर्यातकर्ताले पनि साझेदार राष्ट्रको सम्बन्धित बैंकको विशेष भोस्ट्रो खातामा मात्र रुपैयाँमा भुक्तानी लिनेछन् ।
प्रतिक्रिया दिनुहोस