aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

हस्तकलाको निर्यात ८० प्रतिशतले बढ्यो

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, २९ असार २०७९
हस्तकलाको निर्यात ८० प्रतिशतले बढ्यो

काठमाडौं । कोभिड महामारीका कारण सङ्कटमा परेको हस्तकला व्यवसाय बिस्तारै लयमा फर्कन थालेको छ । हस्तकला व्यवसायीहरूका अनुसार काठमाडौँ उपत्यकाभित्रका विभिन्न हस्तकला हवहरुमा पहिलेकै रौनक देख्न थालिएको छ । हस्तकलाजन्य वस्तुको उत्पादनसँगै निर्यातमा पनि वृद्धि भएको छ । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) को तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा हस्तकलाजन्य वस्तुको निकासी ८० प्रतिशतले बढेको छ । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य कोभिडका कारण लामो समयदेखि सुस्ताएको हस्तकला क्षेत्र सुधारको बाटोमा अघि बढेको बताउँछन् । हस्तकला क्षेत्र पहिलेकै अवस्थामा फर्किन केही समय लागे पनि हामी आशावादी छौँ । हामी पहिलेभन्दा राम्रो अवस्थामा फर्कदैछौं, अध्यक्ष शाक्य भन्छन् । उनका अनुसार बैंकमा तरलता अभावका कारण सिर्जना भएको कर्जा ठप्प तथा बजारमा अत्यधिक महँगीजस्ता समस्यासँग जुधेर हस्तकला व्यवसायीले उत्पादन वृद्धि गर्नु आफैमा सकारात्मक पक्ष हो ।

प्रतिक्रिया दिनुहोस