aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अर्कैको छारीलाई आफूले जन्माएको नाटक गर्दा विदेशी फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
अर्कैको छारीलाई आफूले जन्माएको नाटक गर्दा विदेशी फन्दामा

काठमाडौं । अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ राहदानी नं ५६०७९३४०२० ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ। जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ छ।


अध्यागमन विभागको अनुसन्धानपछि गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजाने स्मिथले गरेको प्रयास विफल भएको हो। नेपालस्थित बेलायती दूतावासले स्मिथकै छोरी भन्दै ती शिशुको राहदानी नम्बर ७९२१५९३१४० बनाइदिएको छ।

दूतावासले हचुवाका भरमा नेपाली शिशुको राहदानी बनाइदिएपछि उसको भूमिकासमेत शंकास्पद देखिएको अधिकारीहरूले बताए। आवश्यक कागजपत्रै नभई दूतावासले राहदानी बनाइदिएको पाइएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस