काठमाडौं । नेपालबाट ५५ जना व्यापारी र पाँच जना नेता केहि समयपछि नेपाल छोडेर भाग्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा विर्तामोड मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् । बुधबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन ।
उनले भने, ‘नेपालमा अहिले विदेशी मुद्रा सञ्चिति कम हुनुको कारण नेपालमा भएका ५५ जना व्यापारीले नेपालबाट ठूलो मात्रामा रकम विदेश लगेका हुनाले नेपालमा विदेशी मुद्रा कमी भएको हो ।’ नेपालमा व्यापार गर्ने व्यापारीहरुको सम्पत्ति नेपालमा नभएको र उनीहरुले व्यापार गर्न नेपालका २७ वटा बाणिज्य बैंकको करिब ८२ प्रतिशत रकम समेत प्रयोग गरेको उनले आरोप लगाए । उनले भने, ‘नेपालमा व्यापार गर्ने ५५ जना व्यापारीले आफ्नो सम्पत्ति विदेशमा लगेर राखिसकेका छन् भने नेपाल उनीहरुको ऋण मात्रै छ ।’
युनाइटेड अरब इमिरेट्स(युएई) मा विभिन्न कारणबाट मृत्यु भएका नेपालीहरुको सव नेपाल ल्याउने अभियानको घोषणा गर्ने क्रममा प्रसाईले भने यो देशमा कोहि पनि नेता तथा सरकारी कर्मचारीले नेपालीका लागि काम नगर्ने देखियो ।
युएईका विभिन्न स्थानमा १६ जना नेपालीको सव वर्षौदेखि अलपत्र परेको उनले जनाकारी गराएका छन् । उनले भने, ‘नेपालीहरुको यो पीडा देखेर म दुवईमा रहेका बेलामा यो अभियान सञ्चालन गर्ने निधो गरेको थिए । यी १६ जनाको सव नेपाल ल्याउने तयारी स्वरुप त्यहा रकम समेत बुझाएको छ् ।’
युएईका राजदूत श्रमको कोटा बेचेर बस्ने, नेताहरु भाषणमात्रै गर्ने चार चार वर्षदेखि मृत्यु भएका नेपालीको सव विदेशमा अलपत्र पर्दा समेत चासो नदिने भनेपछि यो देशमा आम नागरिकका समस्यामा कसैको पनि चासो नभएपछि आफू लाग्न परेको बताए ।
प्रतिक्रिया दिनुहोस