aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ऋण घोटला प्रकरणका मुद्दामा बैंक कम्जोर बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
ऋण घोटला प्रकरणका मुद्दामा बैंक कम्जोर बन्दै

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बैंकमा कमसल धितो राखी ऋण झिकेर १ अर्ब ३७ करोड रुपैयाँबराबरको नोक्सान पुर्याएको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका मंगतुराम अग्रवालले हालेको रिट खारेज हुने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अग्रवालको रिट खारेज गरेको छ ।

कमसल धितो राखेर बैंकबाट ऋण लिएपछि साँवा ब्याज उठाउन जग्गा लिलामी प्रक्रियामा गएपछि त्यसविरुद्ध अग्रवालले सर्वोच्चमा रिट दायर गरेका थिए ।व्यापारी अग्र्वालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल बैंक लिमिटेड, सिटी अफिस विराटनगर र मालपोत कार्यालय इनरुवालाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

विशेष अदालतले यसअघि अख्तियारले दायर गरेको रिटमा अग्रवालसहित सुबोधकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई एक वर्ष कैद सजाय र साँवा ब्याज गरी १ अर्ब ३७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।

विराटनगरको प्रतिष्ठित व्यापारिक घराना ‘मंगतुराम अग्रवाल समूह’लाई विशेष अदालतले नेपाल बैंक ठगी प्रकरणमा ९ वैशाख २०६८ मा व्यापारीसहितका कर्मचारीलाई जरिमाना र कैद सजाय सुनाएको हो । विशेष अदालतको फैसला पछि जग्गा लिलामी प्रक्रियामा गएपछि ६ जनाले सर्वोच्चमा १४ भदौ २०७४ मा पुनरावेदन निवेदन दर्ता गराएका थिए । राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस