aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

अमेरिकामा एक हजारभन्दा बढीमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ असार २०७९
अमेरिकामा एक हजारभन्दा बढीमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

लस एन्जल्स । संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार  क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ । 

न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग सङ्क्रमण पुष्टि भएको छ सीडीसीले उल्लेख गरेको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधी प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा मंगलबारसम्म लगाइएको छ ।

 विशेषज्ञहरूको भनाइअनुसार सङ्क्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मङ्कीपक्सको खोपको अभाव देखिएको छ । सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस