aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

दक्षिण कोरियामा लगातार मूल्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ असार २०७९
दक्षिण कोरियामा लगातार मूल्य वृद्धि

सियोल । ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । बैंक अफ कोरिया (बीओके) का अनुसार जून महिनामा आयात मूल्य सूची १५४.८४ रहेकोमा यो एक महिना पहिलेको भन्दा ०.५ प्रतिशतको वृद्धि भएको छ । 

अघिल्लो बर्षको उक्त अवधिमा भन्दा यो सूचकाङ्क ३३.६ प्रतिशतले वृद्धि भएको छ । युरोपमा भौगोलिक जोखिमको कारण वस्तुको भाउ बढेकोले मे महिनामा ३.८ प्रतिशत बढेको र यसले दोस्रो महिना पनि निरन्तरता पाएको हो । दक्षिण कोरियाको बेन्चमार्क मानिने दुबईमा कच्चा पदार्थ जून महिनामा औसत ११३.२७ अमेरिकी डलर पुगेको छ जुन एक महिना पहिलेको भन्दा ४.७ प्रतिशतको वृद्धि हो ।

आयात गरिएका खानी उत्पादनको मूल्य मासिक आधारमा जून महिनामा ३.८ प्रतिशतले वृद्धि भएको तर औसत वस्तुको मूल्य १.५ प्रतिशतले घटेको देखिएको छ । आयातित पूँजीगत वस्तुको मूल्य गत महिना ०.१ प्रतिशत थपिए पनि उपभोक्ता मूल्य भने अपरिवर्तित रहेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस