aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ असार २०७९
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसाल निर्वाचित भएकी हुन् । 

प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै सत्ता गठबन्धनबाट साँझा उम्मेदवार भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। भुसालले १४८ मत प्राप्त गरेर निर्वाचित बनेकी हुन् । उनकी प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याएकी थिईन् ।  

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो। उपसभामुखका लागि नेपाली कांग्रेसबाट भुसाल र एमालेबाट भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गराएका थिए। 

प्रतिक्रिया दिनुहोस