
काठमाडौं । आर्थिक वर्ष २०७४/०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अङ्कले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७४/०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो ।
२०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य तरलताको दबाब परेसँगै घट्न थालेको हो। लगानीकर्ताहरु भने मौद्रिक नीतिका कारण सेयर बजार घटेको बताउँछन् । मौद्रिक नीतिले ४र१२ करोडको नीति लिनु, सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्नु तथा रिस्क वेटेज एभरेज पनि १०० बाट १५० बनाउनुका कारण सेयर बजार घटेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्दा बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य तरलता सकेका कारण पनि बजारमा सिँचाइ हुन नसकेको उनको भनाइ छ । साथै, रिस्क वेटेज बढाएर १०० बाट १५० बनाएका कारण पनि सेयर बजारमा लगानीकर्ता हतोत्साही बनेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस