aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

पूर्व मन्त्रीसहित १५५ जना विरुद्ध झण्डै तीन अर्बको विगो दाबी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०२ साउन २०७९
पूर्व मन्त्रीसहित १५५ जना विरुद्ध झण्डै तीन अर्बको विगो दाबी

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा भूतपूर्व एक मन्त्रीसहित १५५ जना विरुद्ध भ्रष्टाचारको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सो आर्थिक वर्षमा सम्पादित प्रमुख कार्यको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्नुहुँदै आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सो कुरा उल्लेख गरेका हुन् । 

जसमा एकसय ३१ वटा मुद्दामा प्रतिवादीको संख्या ६३९ रहेको छ । यस अन्तर्गत विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी तीन जना, अन्य कर्मचारी ३०८, विचौलिया–मतियार १७२ जना रहेका छन् । 

आरोपितहरुबाट दुई अर्ब ७८ करोड ४३ लाख ३२ हजार सातसय दश रुपियाँको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ । कुल रंगेहात कारबाहीमा पर्नेको संख्या ३८ मध्ये २६ जना राष्ट्रसेवक कर्मचारी रहेका छन् । 

आयोगका अनुसार आर्थिक वर्ष २०७८–७९ मा उजुरी संख्या २४ हजार २४१, फरछ्योट संख्या १७ हजार ९८ र आठसय २० वटा मुद्दा विस्तृत अनुसन्धानमा गएको छ । यस्तै, यसअघिको आर्थिक वर्ष २०७७–७८ मा उजुरी संख्या २२ हजार ६२५, फरछ्योट संख्या १४ हजार ५३२ र पाँचसय दशवटा मुद्दा विस्तृत अनुसन्धानमा गएको छ । विगतको वर्षमा ६४ दशमलव २३ प्रतिशत फरछ्योट प्रतिशत रहेकोमा हाल यो बढेर ७० दशमलव ५३ प्रतिशत पुगेको छ । 

प्रतिक्रिया दिनुहोस