aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

श्रीलङ्कामा सङ्कटकाल घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ साउन २०७९
श्रीलङ्कामा सङ्कटकाल घोषणा

एजेन्सी । श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गरेका हुन् । उनले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गरेका समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए । 

सोही बमोजिम राष्ट्रपति विक्रमासिंघेले सोमबार एक विशेष सूचनामार्फत् देशव्यापी रुपमा सोमबारदेखि नै लागू हुनेगरी सङ्कटकालको घोषणा गरिएको बताइएको हो । उता श्रीलङ्काली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । जुलाई २० मा संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मङ्गलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका जनाईएको छ । 

राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन् । त्यसपछि यहाँको कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका हुन् । श्रीलङ्का पछिल्लो समयमा आर्थिक सङ्कटमा फसेको छ । देश आर्थिक सङ्कटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस