aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

डिशहोममा रिचार्ज गर्दा सुक्लाफाँटाका रमेश पन्तले जिते एक लाख नगद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ साउन २०७९
डिशहोममा रिचार्ज गर्दा सुक्लाफाँटाका रमेश पन्तले जिते  एक लाख नगद

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।   

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा सुक्लाफाँटा नगरपालिका-१ का निवासी रमेश पन्तले रु एक लाख जितेका छन् । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह-बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई के।पि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । 

डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जितेका पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता पन्तलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ ।  

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नेछन् ।     

प्रतिक्रिया दिनुहोस