aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बेलायतमा जोनसन नेतृत्वको सरकारले पाए विश्वासको मत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ साउन २०७९
बेलायतमा जोनसन नेतृत्वको सरकारले पाए विश्वासको मत

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ । चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले  मन्त्रीहरूको समर्थनमा मतदान गरे । 

विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ । सेप्टेम्बरको सुरुमा  कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् । 

जोनसनले कन्जरभेटिभको संसदीय दलको नेताबाट राजीनामा दिइसकेकाले अर्को नेता नचुन्जेल उनी पार्टीको कामचलाउ नेताको रुपमा रहेका छन् । 
कन्जरभेटिभ नेता छान्ने पक्रिया सुरु भइसकेको छ । विपक्षीले जोनसनलाई अविश्वासको प्रस्तावमार्फत हटाउनुपर्ने जनाएको थियो । तर, उनले राजीनामा दिने बताइसकेको र संसदीय दलको नेताबाट पनि हटिसकेकोले तत्काल पदमुक्त गर्नु नपर्ने कन्जरभेटिभले बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस