aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

उद्योगमा घट्यो आयको वृद्धिदर, ब्याजदर भने वृद्धि

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, ०३ साउन २०७९
उद्योगमा घट्यो आयको वृद्धिदर, ब्याजदर भने वृद्धि

काठमाडौं । बजारमा मागमा आएको कमीका कारण उद्योगको आयको वृद्धिदर व्यापक रुपमा घटेको एक एक प्रतिवेदनले देखाएको छ । अध्ययनका अनुसार आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको छ । दोश्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत रहेको नेपाल उद्योग परिसंघले गरेको नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययनले देखाएको हो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशील हुन सरकारलाई आग्रह पनि गरे । परिसंघको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा व्यवसायको उत्पादन क्षमता उपयोग पनि खस्केको छ ।

जसका कारण उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशतमात्र उपयोग गरेको देखिन्छ । तर, दोश्रो त्रैमासमा कुल उत्पादन क्षमताको उपयोग ७१ प्रतिशत थियो ।

माघ, फागुन र चैतको अवधिमा उत्पादनमूलक उद्योगले औषतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औषतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको पनि प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस