aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

शिक्षामन्त्रीले बालेन्द्रलाई भने, ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियानमा लाग्नुस् मन्त्रालयले सहयोग गर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ साउन २०७९
शिक्षामन्त्रीले बालेन्द्रलाई भने, ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियानमा लाग्नुस् मन्त्रालयले सहयोग गर्छ’

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्नु आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मेयर शाहलाई शिक्षण संस्था सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’ सञ्चालन गर्न आग्रह गरेका हुन् ।  

पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरे । ‘शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्याथीले बुझेका छन् या छैनन् पढ्ने वातावरण छ कि छैन् ? भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुपर्यो’ शिक्षामन्त्री पौडेलले बालेन्द्र शाहलाई भने ।  

काठमाडौं महानगरपालिका भित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रअ राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए । ‘भौतिक पूर्वाधारसँगै नमुना विद्यालय र शिक्षण सिकाईका लागि महानगरपालिकाले योजना बनाएर अघि बढ्नुप¥यो,’ मन्त्री पौडेलले भने, ‘महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ ।’ शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्नेपर्ने पौडेलको भनाइ छ ।  

भेटमा बालेन्द्र शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए । ‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ बालेन्द्र शाहले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड  लकर सिस्टमा व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुपर्यो ।’ 

प्रतिक्रिया दिनुहोस