aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पूर्वअर्थमन्त्री र समाचार लेख्ने पत्रिकालाई समितिले बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ साउन २०७९
पूर्वअर्थमन्त्री र समाचार लेख्ने पत्रिकालाई समितिले बोलायो

काठमाडौं । पूर्व अर्थमन्त्री  जनार्दन शर्मा र समाचार लेख्ने पत्रिकालाई संसदीय विशेष समितिले छलफलका लागि बोलाएको छ । करको दर हेरफेर गर्न अर्थमन्त्रालय भित्र अनधिकृत व्यक्तिलाई प्रवेश गरोएको विषयमा छलफल गर्न बोलाएको हो । उक्त समाचार लेखेका अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनकिका सम्पादकलाई बोलाइएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस