aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

मेगा मोटर्सको निसान ड्याडसन “मेगा महा जात्रा” हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
मेगा मोटर्सको निसान ड्याडसन “मेगा महा जात्रा” हुँदै

काठमाडाैं । निसान ड्याडसनको आधिकारीक डिलर मेगा मोटर्स प्रा. लि. ले ग्राहकहरुलाई उच्चतम् सेवा र सुविधा दिने लक्ष्यका साथ गाई जात्रा, रक्षा बन्धन जात्राको अवसर पारेर “मेगा महा जात्रा” योजना ल्यएको छ । 

उक्त योजना श्रावण ३०, ३१ र ३२ गते मेगा मोटर्स, महारजगंजको सोरुमवाट आयोजन गर्ने भएको छ । 

सो योजना अटोमोवाइल्स उद्योगमा अहिलेसम्मकै राम्रो योजना हुने मेगा मोटर्स प्रा. लि. का बजारसात्र प्रबन्धक सुश्री दिक्षा पनेरुले  बताइन् । 

यस जात्रामा भ्रमण गरी गाडी खरिद गर्ने ग्राहकहरुले सित्तैमा बनारसी साडी, घरमा प्रयोग हुने एयर कन्डिसन, इन्सुरेन्स, फुल ट्याङ्क इन्धन, वालीको टुर दुई जनालाई, पाँच वर्ष सम्मको फ्री सर्भिस, क्यास ब्याकका साथै स्पेसल नगद छुट पाउनेछन् । 

साथै पुराना निसान ड्याडसन उपभोक्ता कर्ताले रिफरल गरेको खण्डमा रिफरल कर्तालाई पनि स्पेसल उपहारको व्यवस्था समेत गरेको छ । उक्त जात्रामा पुरानो गाडी सट्टा पट्टा गर्ने ग्राहकको गाडीलाई उचित मुल्याङ्कन गरी बैंक फाइनान्सको पनि सुबिधा प्रधान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस