aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सुनको मूल्यमा नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो ।

सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस