aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

कोरियामा कोरोना सङ्क्रमण बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ साउन २०७९
कोरियामा कोरोना सङ्क्रमण बढ्यो

सोल । दक्षिण कोरियामा बितेका २४ घण्टामा  ७६ हजार चारसय दुईजना  कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना  सङ्क्रमितको सङ्ख्या  एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या  ९६ पुगेको छ । 

सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ७७ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस