aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

‘एमाले सरकारमा आयो भने लुकेको पैसा बजारमा आउँछ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ साउन २०७९
‘एमाले सरकारमा आयो भने लुकेको पैसा बजारमा आउँछ’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारमा आयो भने लुकेको पैसा बजारमा आउने बताएका छन् । बुधवार अनलाइन मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, ‘एमाले सरकारमा आएपछि हराएको पैसा बजारमा आउँछ । यसका लागि नीतिगत सुधार हुनुपर्छ । नीतिगत सुधार गर्ने बित्तिकै बजारमा पैसा आइहाल्छ । कालो धन सेतो हुँदैन भन्ने कुरा गर्दिए पुग्छ ।’ 

सरकार परिवर्तन हुने बित्तिकै लुकाएको पैसा बाहिर आउने उनले दोहोर्‍याए । मानिसहरूले सधैँभरि पैसा लुकाएर नराख्ने समेत उनको भनाई छ । ‘नेपाली पैसा कहाँ गयो ? सरकार जवाफ दिँदैन । कालो भन बालाहरूले कोठामा पैसा राखेका छन्’, उनले अगाडी भने, ‘गठबन्धन सरकार क्रोनिक क्यापिटालिजम नीतिलाई बोकेर दलालको पक्षपोषणमा लागेको छ ।’ 

त्यस्तै, गठबन्धन सरकारको पालामा सरकारी खातामा उल्लेख्य घाटा भएको उनको आरोप छ । साथै पोखरेलले शोद्यानान्तर पनि करिब तीन खर्ब रुपैयाँलाई घाटामा रहेको स्मरण गराए । एमाले सरकारको पालामा निरपेक्ष गरिबी २९ प्रतिशतबाट १७ प्रतिशतमा झारेको समेत उनको दाबी रहेको थियो । 

महासचिव पोखरेलले कालो धन सेतो बनाउन नपाएकाहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि मिथ्या आरोप लगाएको समेत बताए । 

 

प्रतिक्रिया दिनुहोस